वडामा २५ करोड बजेट पारेपछि आलोचित मन्त्री खड्का भन्छन् – ‘मेरो वडा नगरपालिकाजत्रै छ’
पाेखरा | साउन ११, २०७९
पोखरा महानगरपालिका वडा नम्बर १६ हालका प्रदेश मन्त्री कुमार खड्काको स्थायी ठेगाना हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत हुन् ।
आर्थिक वर्ष ०७९–८० को बजेटमा आफ्नो वडामा २५ करोड रुपैयाँ विनियोजन गरेपछि मन्त्री खड्काको आलोचना भएको छ । उनलाई कतिपयले ‘वडामन्त्री’ समेत भएका छन् ।
प्रदेशसभामा बजेटसम्बन्धी छलफलदेखि नै आलोचना खेप्दै आएका खड्काले आज स्थानीय एफएम रेडियो अन्नपूर्णसँग साक्षात्कार गर्दै सफाइ दिएका छन् ।
मन्त्री खड्काले भनेका छन् ‘मेरोे वडा सिंगो नगरपालिकाजत्रै छ ।’ छुट्याइएको बजेट धेरै देखिएपनि यसअघिका योजनालाई निरन्तरता दिँदा र सांसद विकास कोषबाट प्राप्त रकम हिसाब गर्दा आकारमा ठूलो देखिएको उनको भनाई छ ।
‘पाइपलाइनमा भएका योजना रोक्ने कुरा भएन, त्यसलाई बजेट दिनैप¥यो’ मन्त्री खड्काले भने ‘मेरो वडा धेरै ठूलो छ, जनसंख्या धेरै छ, आयोजना धेरै छन् ।’ उक्त निर्वाचन क्षेत्रको एक तिहाई जनसंख्या वड १६ मा रहेको उनको दाबी छ ।
मन्त्री खड्काले भनेका छन्, ‘मेरो वडावासीले पीच सडक हेर्न केआइ सिंह पुल आइपुग्नुपर्छ ।’ आफ्नो वडाको अवस्था हेर्दा खर्बाै रुपैयाँ विनियोजन गरेपनि कम हुने उनले उल्लेख गरे ।
आफुमाथि मिडियाले अनेकन् लाञ्छना लगाएको भन्दै उनले 'जंगबहादुरको पालादेखि हिसाब गरेर आलोचना गरेपनि हुने' प्रतिक्रिया दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

